Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


राखेपले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता गर्दै, विजेतालाई २० लाख


0
Shares

आगामी जेठ १३ देखि २८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा सातओटा प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीले सहभागिता जनाउनेछन् ।

बिहीबार राजधानीमा प्रतियोगितासम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राखेपका सदस्यसचिव केशवकुमार बिष्टले ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न घरेलु एकदिवसीय प्रतियोगिताहरु आवश्यक रहेका बेला क्यान प्रतिबन्धमा परेका कारण राखेपको अगुवाइमा प्रतियोगिता गर्न लागेको’ बताए ।

नेपालय इन्टरनेसनलको व्यवस्थापनमा हुने प्रतियोगिताको विजेता टिमले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।