
मंगलबार राजधानीमा भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझोे सेटमा हराउँदै सशस्त्रले उपाधि जितेको हो ।
सिजनको पहिलो उपाधि हात पार्नेक्रममा सशस्त्र २५–१२, २५–१९ र २५–१७ ले विजय भयो ।
उपाधिसँगै सशस्त्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । उपविजेतामा चित्त बुझाएको पुलिसले एक लाख रुपैयाँ जित्यो ।
राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगितामा पश्चिमाञ्चललाई २५–१४, २५–१६ र २५–१४ ले हराउँदै न्यू डायमन्डले तेस्रो हुँदै ५० हजार रुपैयाँ जित्यो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सन्चालन भएको प्रतियोगिताको केएनपी उत्कृष्ट खेलाडीको उपाधि जित्दै सशस्त्रकी सरस्वती चौधरीले ४० हजार रुपैयाँ जितिन् ।
शेरबहादुर खड्का स्मृति केएनपी स्पेसल अवार्डबाट सशस्त्रकै रेश्मा भण्डारी सम्मानित भइन् ।
उत्कृष्ट स्पाइकरमा न्यू डायमन्डकी प्रतिभा माली, उत्कृष्ट ब्लकरमा पुलिसकी मनीषा चौधरी, उत्कृष्ट सेटरमा पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर सशस्त्रकी उषा विष्ट, उत्कृष्ट क्वीकर न्यू डायमन्डकी ललिता नाथ र उत्कृष्ट प्रशिक्षक सशस्त्रका ज्ञानेन्द्र विष्ट घोषित भए ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्