Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि


0
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३।३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि जर्ज मुन्सेले सर्वाधिक १२५ रन बनाए । उनले ५४ बलमा १२ छक्का र ८ चौका प्रहार गरे । उनी अविजित रहे ।

त्यस्तै, बिनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाए । मुन्से र भण्डारीले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।