Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त


0
Shares

नवीन सिंह, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न शुक्रबार दिउँसो ४ बजेसम्मको समय दिइएको थियो । तर, तोकिएको समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यबाट दाबी नपरेपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका रूपमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै यादवको नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । अब उनले संविधानले तोकेको समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।