काठमाडौं, असोज १७ । ओमानमा शनिबारदेखि नेपालसहित पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखला सुरु हुँदैछ । आयोजक ओमान र नेपालसहित आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सबीच शृंखला हुन लागेको हो । उद्घाटन खेलमा शनिबार ओमान र हङकङ खेल्दैछन् । नेपालले पहिलो खेलमा आइतबार हङकङसित खेल्नेछ । लगत्तै सोमबार दोस्रो खेल नेदरल्यान्ड्ससित खेल्ने नेपालले विजयादशमीको दिन भने खेल्ने…