
बैतडी । बैतडीको पाटनमा आयोजित प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी पाटन भ्याली जितेको छ ।
श्रीकृष्ण माविको खेल मैदान आज सम्पन्न फाइनल खेलमा पाटन स्टारलाई ६६ रनले पाखा लगाउदैं भ्यालीले उपाधि जितेको हो ।
खेलमा सुरेश जोशीले नटआउट ४७ रनको मदतमा भ्यालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १७२ रन बनायो ।
१७३ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको स्टार १७ ओभरमा १०६ रनमा समेटियो ।
स्टारको पारी ध्वस्त पार्ने क्रममा भ्यालीका पारस विष्ट र धिरेन्द्र चन्दले समान ३/३ विकेट लिए ।
खेलको म्यान अफ द म्याच भ्यालीका सुरेस जोशी भए । उपाधिसंगै भ्यालीले ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेता स्टारले २० हजारमा चित्त बुझायो ।
प्रतियोगितामा व्यक्तिगत १४२ रन र ७ विकेट लिएका भ्यालीका बिरेन्द्र विष्ट म्यान अफ द सिरीज भए । उनले नगद ५ हजार प्राप्त गरे ।
यस्तै व्यक्तिगत १० विकेट लिने स्टारका हेमन्त चन्द उत्कृष्ट बलर भए भने व्यक्तिगत १३४ रन बनाएका बसन्तपुरका जगदीस लुहार उत्कृष्ट ब्याट्सम्यान चुनिए । उनीहरु दुबैजनाले समान ३/३ हजार पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्