Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोना र आर्सनल विजयी


0
Shares

काठमाडौं । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, आर्सनल र एट्लेटिको मड्रिडसहितका टोली विजयी भएका छन्। रातिका खेलमा क्लब ब्रुजले इन्टर मिलानलाई पराजित गर्दा बायर्न म्युनिख र भाइकिङबीचको खेल बराबरीमा सकिएको छ।

गएरातिको खेलमा स्पेनिस क्लब बार्सिलोनाले टर्कीको गालातासारेलाई ४–१ गोलअन्तरले पराजित गर्‍यो। यस्तै, इंग्लिस क्लब आर्सनलले फ्रान्सेली टोली लिललाई ३–० ले हराउँदै सहज जित निकालेको छ।

स्पेनकै भियारियालले इटालियन क्लब नापोलीलाई ३–१ गोलअन्तरले पराजित गर्दा एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २–० को जित दर्ता गर्‍यो।

यस्तै, पोर्चुगिज क्लब स्पोर्टिङले फ्रान्सको लेन्सलाई २–० ले पराजित गरेको छ। जर्मन क्लब आरबी लाइपजिगले नेदरल्यान्ड्सको पीएसभीलाई १–० गोलअन्तरले हराउँदै साँघुरो जित निकालेको छ।

गएरातिको सबैभन्दा रोमाञ्चक खेलमध्ये एकमा बेल्जियन क्लब ब्रुजले इटालियन क्लब इन्टर मिलानलाई ४–३ गोलअन्तरले पराजित गर्दै सनसनीपूर्ण जित हासिल गर्‍यो।

यता, जर्मन क्लब बायर्न म्युनिख र नर्वेजियन टोली भाइकिङबीचको खेल भने ३–३ गोलको बराबरीमा टुंगिएको छ।