काठमाडाैं । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएकाे छ ।
प्रधान सेनापति सिग्देललाई विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गर्नुभयाे ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकर (Chief of the General Staff) लगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे थियाे ।
त्यसैगरी, उहाँले बेलायतको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुल (Infantry Battle School) को भ्रमण गर्नुभएकाे थियाे । सो क्रममा उहाँले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षणसमेत गर्नुभएकाे थियाे ।
नेपाली सेनाका अनुसार प्रधान सेनापतिको यस भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।







प्रतिक्रिया दिनुहोस्