नेपाल–सिंगापुरबीचको खेल वर्षाले रद्द, नेपाल उपाधि होडबाट बाहिरियो • Image Khabar Image Khabar


नेपाल–सिंगापुरबीचको खेल वर्षाले रद्द, नेपाल उपाधि होडबाट बाहिरियो


Imagekhabar
१५ आश्विन २०७६, बुधबार २०:३८

नेपाल–सिंगापुरबीचको खेल वर्षाले रद्द, नेपाल उपाधि होडबाट बाहिरियो

काठमाडौं, असोज १५ । सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत् नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ ।

वर्षाका कारण बुधबार हुने तय गरिएको नेपाल र सिंगापुरबीचको खेल ‘टस’समेत नभइ रद्द भएको हो ।

खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १/१ अंक बाँडेका छन् । यो खेल रद्द भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ ।

पहिलो खेलमा नेपाल जिम्बाब्वेसित ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बाब्वेसित ४० रनले पराजित भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्