
काठमाडौं, असोज १७ । ओमानमा शनिबारदेखि नेपालसहित पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखला सुरु हुँदैछ ।
आयोजक ओमान र नेपालसहित आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सबीच शृंखला हुन लागेको हो ।
उद्घाटन खेलमा शनिबार ओमान र हङकङ खेल्दैछन् ।
नेपालले पहिलो खेलमा आइतबार हङकङसित खेल्नेछ । लगत्तै सोमबार दोस्रो खेल नेदरल्यान्ड्ससित खेल्ने नेपालले विजयादशमीको दिन भने खेल्ने तालिका छैन ।
नेपालले बुधबार आयरल्यान्डसित र अन्तिम खेल बिहीबार ओमानसित खेल्नेछ ।
सिंगापुरमा त्रिकोणात्मक टी–२० शृंखला सकाएर बिहीबार राति ओमान पुगेको नेपालले शुक्रबार अन्तिम अभ्यास गरेको छ ।
खेलाडीहरुले उत्साहपूर्वक अभ्यास गरेको टिम म्यानेजर रमन शिवाकोटीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्