२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धनगढी प्रिमियर लिग आगामी फागुन पहिलो साता हुने


0
Shares

काठमाडौं । सर्वाधिक पुरस्कार राशी भएकोे धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुन पहिलो साता हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता फागुन ३ देखि १५ सम्म हुने उल्लेख गरेको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

विभिन्न छ शहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो । उपाधिसँगै अत्तरियाले ३० लाख रकम प्राप्त गरेको थियो ।

प्रतियोगितामा रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ शहरका ६ फ्रेन्चाइज टिम रहेका छन् ।