२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्यान्चेस्टर सिटी, बायर्न म्युनिख, पिएसजी, युभेन्टस र एथ्लेटिको मड्रिड विजयी


0
Shares

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी, बायर्न म्युनिख, पि.एस.जी, युभेन्टस र एथ्लेटिको मड्रिड विजयी भएका छन् ।

समुह ‘ए’ को खेलमा स्पेनको रियाल मड्रिडले बेल्जीयमको क्लब ब्रुजसँग २–२ गोलको बराबरी खेल्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी)ले टर्कीको गालातासारेलाई १–० ले हरायो ।

समुह बि को खेलमा जर्मनीको बायर्न म्युनिखले इंग्लण्डको टोटनह्याम हट्सपरलाई उसैको मैदानमा ७–२ ले पराजित गर्‍यो ।

युरोपियन प्रतियोगितामा टोटनह्यामको यो सर्वाधिक फराकिलो हार हो ।

यही समुहको अर्को खेलमा सर्वियाको रेडस्टार बेलग्रेडले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हराएको छ ।

उता समुह ‘सि’ को खेलमा इंग्लण्डको म्यान्चेस्टर सिटीले क्रोएसियाको डाईनामो जाग्रेबलाई २–० ले हराउँदा युक्रेनको शख्तरले इटालीको एटलान्टालाई २–१ ले पराजित ग¥यो ।

यसैगरी समुह ‘डि’ को खेलमा इटालीको युभेन्टसले जर्मनीको बायर लिभरकुजेनलाई ३–० ले पराजित गर्दा स्पेनको एथ्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोलाई उसैको मैदानमा २–० ले पाखा लगायो ।