लिगलिगे दौडको उपाधि भारतीय सेनामा कार्यरत अनिश थापाले जिते • Image Khabar Image Khabar


लिगलिगे दौडको उपाधि भारतीय सेनामा कार्यरत अनिश थापाले जिते


Imagekhabar
१६ आश्विन २०७६, बिहीबार १९:४६

लिगलिगे दौडको उपाधि भारतीय सेनामा कार्यरत अनिश थापाले जिते

गोरखा । गोरखाको पालुङटारमा आयोजना गरिएको १० औं लिगलिगे दौडको उपाधि भारतीय सेनामा कार्यरत अनिश थापाले जितेका छन ।

चेपेघाटबाट लिगलिगकोट सम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गरेर थापा लिगलिगकोटको राजा बनेका हुन ।

उनले यस अघि विभिन्न संस्करणमा गरी ३ पटक यो दौडको उपाधि जितेका छन् । उपाधिसंगै थापाले श्रीपेच, ६० हजार एक सय नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन् ।

राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई श्रीपेच लगाईदिनु भएको छ 

यस्तै १ घण्टा १ मिनेट ८ सेकेण्डमा दुरी पुरा गरेर खगेन्द्र बहादुर भाट दोस्रो भए भने १ घण्टा १ मिनेट ३४ सेकेण्डमा दुरी पुरा गरेर रामजी बस्नेत तेस्रो भए ।

दोस्रोले ३५ हजार १ सय र तेस्रो हुनेले २५ हजार १ सय प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्