बेलायतमा कार्यरत् सगरमाथा तेक्वान्दो डोजाङसहितका विभिन्न संस्थाले विहीबार उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, सांसद महेन्द्राकुमारी सुब्बा र झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले राईलाई संयुक्तरुपमा २८ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । पूर्वब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रियस्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह…