आफ्नो करियरको अन्तिम प्रतियोगितामा दौडिने तयारी गरिरहेका बोल्टले एथ्लेटिक्स खेललाई मर्न नदिने हो भने खेलाडीहरुले प्रतिबन्धित शक्तिबर्धक औषधिको सेवन बन्द गर्नुपर्ने बताए । रुसमा सरकारी निकायहरुले नै डोपिङलाई संरक्षण दिएको प्रतिवेदनतर्फ इङ्गित गर्दै बोल्टले डोपिङको समस्या अहिलेसम्मकै तल्लो स्तरमा रहेको र यहाँभन्दा तल झर्ने ठाउँ नै नभएको प्रतिक्रिया दिए । एथ्लेटिक्सलाई बचाउन खेलकुदमा लागेका सबैले…