मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो । मध्यान्तरअघि नैै २ गोल खाएको नेपालले मध्यान्तरपछि एक गोल फर्काएको थियो ।
नेपालले २५औं मिनेटमा पहिलो तथा ३०औं मिनेटमा दोस्रो गोल खाएको हो ।
नेपालले ६१औं मिनेटमा गोल गर्दै अन्तरमात्र कम गर्यो । बिमल घर्तीमगरले नेपाललाई गोल दिलाएका हुन् ।
नेपालले मध्यान्तरपछि निकै आक्रामक खेले पनि थप गोल गर्न नसक्दा हार व्यहोर्नुपर्यो ।
समूह ‘एफ’मा रहेको नेपालले यसअघि खेलेका दुई खेलमध्ये फिलिपिन्ससँग पराजय व्यहोरेको थियो भने यमनसँग बराबरी गरेको थियो ।
नेपालले ताजिकिस्तानविरुद्ध पराजय व्यहोरेसँगै अर्को चरण पुग्ने सम्भावना न्यून बनेको छ । नेपालले तीन खेलमा एक गोलमात्र गरेको हो । अंक समीकरणअनुसार नेपाल पुछारमा रहेको छ ।
समूहको शीर्ष दुईमा रहने टिम सन् २०१९ मा युएईमा हुने एसिया कपका लागि छानिनेछन् ।
मंगलबारकै अर्को खेलमा फिलिपिन्स र यमनले २–२ गोलको बराबरी खेलेका छन् ।
समूहका सबै चार टोलीले एक–अर्काविरुद्ध ‘होम एन्ड अवे’को आधारमा कुल ६ खेल खेल्नेछन् ।
नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग खेल्न बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्