२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चर्च ब्वाइजमाथि ६–१ को जित निकाल्दै ताप्लेजुङ सेमिफाइनलमा


0
Shares

बुधबार भएको खेलमा *चर्च ब्वाइज क्लबलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा ठाउँ बनाएको हो ।

ताप्लेजुङलाई जिताउन सेगुन इएटायोले ४१औं, ४६औं र ७८औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

यस्तै, ताप्लेजुङको तर्फबाट सुनील बलले खेलको ५३औं र थपिएको इन्जुरी समयमा गरेर २ गोल र निराजन खड्काले ३८औं मिनेटमा गोल गरेका थिए ।

चर्च ब्वाइजका तर्फबाट अजय मार्टिकले खेलको १३औं मिनेटमा एक गोल फर्काएका थिए ।

प्रतियोगिताअन्र्तगत् विहीबार हुने पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र बिर्ता युनाइटेड क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

नेपाल, भारत र भुटानका गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ हात पार्नेछन् ।

*चर्च ब्वाइज क्लब हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ–सम्पादक ।