१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


त्रिवेणी कपको उपाधि तनहुँको सामना क्लबले जित्यो


0
Shares

बेसीसहरको सहजी रंगशालामा भएको फाइनलमा आयोजक त्रिवेणी युवा क्लब रातोलाई २–० ले पराजित गर्दै सामना युवा क्लबले उपाधि चुमेको हो ।

दुबै गोल कप्तान सन्तबहादुर गुरुङले गरे । उनले खेलको १०औं र २७ मिनेटमा गोल गरेका थिए ।

विजयी टोलीले तीन लाख तथा उपविजेजता त्रिवेणीले १ लाख ५० हजार रुपैयाँ जितेका छन् ।

प्रतियोगितामा विभिन्न जिल्लाका १८ टिम सहभागी थिए ।