२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आयोजकलाई हराउँदै सशस्त्र काँकडभिट्टा गोल्डकपको फाइनलमा


0
Shares

विहीबार भएको अन्तिम सेमिफाइनलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ‘टाइब्रेकर’मा ५–४ ले हराउँदै सशस्त्रले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित् समयमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको हो ।

अब शनिबार सशस्त्रले झापा–११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि, बुधबार भएको पहिलो सेमिफाइनलमा रुपन्देही–११ लाई हराउँदै झापा–११ फाइनलमा पुगिसकेको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ४ लाख रुपैयाँ उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।