सफल पोखरा म्याराथनको ११औं संस्करण आगामी फागुन ७ गते हुने « Image Khabar


सफल पोखरा म्याराथनको ११औं संस्करण आगामी फागुन ७ गते हुने


Imagekhabar
२१ पुष २०७३, बिहीबार ११:५५

                                             फाइल तस्वीर

नेपालको खेलकुद क्षेत्रमा क्रियाशील नेपाल भुतपूर्व खेलाडी मञ्चले प्रजातन्त्र दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको उल्लेख्य सहभागिता रहने मञ्चका अध्यक्ष खड्ग रानाभाटले बताए ।

प्रतियोगितामा ४२ दशमलव १९५ किलोमिटरको म्याराथनसहित छात्रा÷छात्रलाई ५ किलोमिटर र शारीरिक अशक्तता भएकाहरुका लागि ह्विल चेयर महिला/पुरुष ४ सय मिटरका इभेन्ट सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्