नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसर पारेर पेरिविंकल सर्भिसले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको मैत्रीपूर्ण टी–२० शृंखला गर्न लागेको हो । श्रीलंकाको टिमले ‘लंकन लाइन्स’को नामबाट खेल्दै गर्दा पूर्वकप्तान अरविन्दा डे सिल्भाले नेतृत्व सम्हाल्नेछन् । उक्त टिमबाट सनथ जयसूर्या, चामिन्डा भास, रोमेश कालुविर्थना, दिलहारा फर्नान्डो, उपुल चन्दना, कौशल्या वैरारत्ने, फरभेज…