उपाधि भिडन्तमा आयोजक नेपाललाई २–१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अधिकांश समय बल नियन्त्रणमा लिएको नेपालले खेलको ४१औं मिनेटमा गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै बिर्जेश चौधरीले नेपाललाई अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछि लगातार २ गोल गर्दैै खेल भारतले जितेको हो…