एसियाको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि, यो जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको थियो ।
सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ प्रशिक्षक विनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनोट गरेका हुन् ।
घोषित टोलीका खेलाडीमा ऐरी र लामिछानेका साथै मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, विक्रमकुमार भुसाल, सन्दीप जोरा र सुमित महर्जन छन् ।
यसैगरी, वैकल्पिक खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् ।
नेपाली टोली यही भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’मा सिंगापुर, थाइल्यान्ड र भुटान छन् ।
यसैगरी, समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, चीन र म्यानमार रहेका छन् ।
फाइनलमा पुग्ने दुई टोलीले यु–१९ एसिया कप क्रिकेटमा स्थान बनाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्