आफ्नै मैदानमा भएको खेलमा जोजे मौरिन्होको म्यान्चेस्टर युनाईटेडले लेस्टर सिटीलाई २-० ले हरायो ।
खेलमा म्यानयुलाई विजयी गराउन वैकल्पिक खेलाडिहरु मार्कस रास्फोर्ड र मराउने फेलियानीले एक/एक गोल गरे । यसअघि रोमेलु लुकाकुले पाएको एउटा पेनाल्टी अवसर खेर फालेका थिए ।
प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २-१ ले हरायो । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले अतिरिक्त समयमा निर्णायक गोल गरे ।
यसअघि बर्नमाउथका चार्ली ड्यानियल्सले पहिलो गोल गरेका थिए भने सिटीका ग्याब्रिएल जिससले बराबरी गोल गरेका थिए ।
प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई २-० ले तथा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३÷० ले हराएका छन् ।
हडर्सफिल्ड टाउन र साउथह्याम्पटन तथा वाट्फोर्ड र ब्राईटनले भने गोलरहित बराबरी खेलेका छन् ।
प्रिमियर लिग फुटबलमा आज चार खेल हुनेछन् । आज हुने खेलहरुमा चेल्सी र एभर्टन, लिभरपुल र आर्सनल, टोटनह्याम र बर्न्ले तथा वेष्ट ब्रोम र स्टोक सिटी भिड्नेछन् ।









प्रतिक्रिया दिनुहोस्