फ्रान्सको मोनाकोमा बिहीबार राति आयोजित भव्य समारोहमा खेलतालिका निकालिएको हो ।
अन्तिम छनोटमा पुगेका ३२ क्लबलाई ८ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा पोर्चुगलको बेनेफिका, इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्वीट्जरल्यान्डको एफसी बाजल र रुसको सीएसकेए मस्को रहेका छन् ।
यसैगरी, समूह ‘बी’मा जर्मनको बायर्न म्युनिख, फ्रान्सको पीएसजी, बेल्जियमको एन्डरलेच र स्कटल्यान्डको सेल्टिक रहेका छन् ।
समूह ‘सी’मा इंग्ल्यान्डको चेल्सी, स्पेनको एथ्लेटिको मड्रिड, इटालीको एएस रोमा र अजरबैजानको एफके काराबाग रहेका छन् ।
समूह ‘डी’मा इटालीको युभेन्टस, स्पेनको बार्सिलोना, ग्रीसको ओलम्पियाकोस र पोर्चुगलको स्पोर्टिङ लिस्बन रहेका छन् ।
समूह ‘ई’मा रुसको स्पार्टा मस्को, स्पेनको सेभिया, इंग्ल्यान्डको लिभरपुल र स्लोभेनियाको मारिबोर रहेका छन् ।
समूह ‘एफ’मा युक्रेनको शख्तर दोनेस्क, इंग्ल्यान्डको म्यानचेस्टर सिटी, इटालीको नापोली र नेदरल्यान्डस्को फेयनोर्ड रहेका छन् ।
समूह ‘जी’मा फ्रान्सको मोनाको, पोर्चुगलको पोर्टो, टर्कीको बेसिक्तास र जर्मनीको रेडबुल लेप्जिग रहेका छन् भने समूह ‘एच’मा स्पेनको रियाल मड्रिड, इंग्ल्यान्डको टोटनह्याम हट्सपर, जर्मनीको बोरुसिया डर्टमन्ड र साइप्रसको एपोइल निकोसिया रहेका छन् ।
च्याम्पियन्स लिगको समूह चरणका खेलहरु सेप्टेम्बर १२ बाट सुरु हुनेछन् ।
फाइनल खेल अर्को वर्षको मे २६ तारिखमा युक्रेनको केभस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्