आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । अक्सनमार्फत खेलाडी छानिने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनुपर्ने नियम लगाइएको छ । प्रतियोगितामा खेल्ने टिम घोषणा र खेलाडीहरुको अक्सन मंसिरमा गरिने आयोजकले जनाएको छ । पहिलो संस्करणमा विभिन्न सहरका ६ टिमले प्रतिस्पर्धा गरेकामा दोस्रो संस्करणमा…