प्रतियोगिताको औपचारिक उद्घाटनको अघिल्लो दिन मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भारतले माल्दिभ्सलाई १५२–१७ को विशाल अन्तरले पराजित गर्यो । बलियो मानिएको भारतको जितमा प्रतियोगिताकै अग्ला ६ फिट १० इन्चका खेलाडी प्रिन्सपाल सिंहले २६ स्कोर योगदान गरे । त्यसअघि मंगलबारै बंगलादेशले भुटानलाई ११७–४३ को फराकिलो अन्तरले हराएको थियो । बंगलादेशका तुतुलकुमार विश्वासले सर्वाधिक ३१…