
आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । अक्सनमार्फत खेलाडी छानिने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनुपर्ने नियम लगाइएको छ ।
प्रतियोगितामा खेल्ने टिम घोषणा र खेलाडीहरुको अक्सन मंसिरमा गरिने आयोजकले जनाएको छ । पहिलो संस्करणमा विभिन्न सहरका ६ टिमले प्रतिस्पर्धा गरेकामा दोस्रो संस्करणमा दुई टिम थप्न सकिने जनाइएको छ ।
धनगढी साविक विजेता हो ।
यसपटकको विजेताले २५ लाख तथा उपविजेताले रु १० लाख रुपैयाँ जित्नेछन् । तेस्रो हुनेले ३ लाख तथा चौथोलाई २ लाख दिइने छ ।
गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो । प्रतियोगिताको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बी शाहीले जानकारी दिए ।
पहिलो संस्करणमा सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेकामा यसपटक भने विजय डिस्टिलरीको रुस्लान मुख्य प्रायोजक रहेको छ । रुस्लानले प्रायोजन बापत ३५ लाख रुपैयाँ आयोजकलाई दिने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्