काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले सुखद जितसहित आफ्नो यात्रा समाप्त गरेको छ । आइतबार भएको खेलमा पोखराले काठमाण्डू गोर्खाजलाई ५५ रनले हराएको हो ।
प्रतियोगिताको अन्तिम खेलमा जित निकाले पनि पोखरा प्लेअफमा पुग्न सकेन । सात खेलबाट चार अंक बटुलेको पोखरा सातौँ स्थानमा रह्यो । समान चार अंक जोडेको जनकपुर बोल्ट्सलाई नेट रनरेटमा पछि पार्दै पोखराले प्रतियोगिता सातौँ स्थानमा टुंग्याएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको २२५ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको काठमाण्डू १९.४ ओभरमै १६९ रनमा समेटियो । काठमाण्डूका सबै विकेट पतन भएपछि पोखराले ५५ रनको फराकिलो अन्तरमा खेल आफ्नो पक्षमा पारेको हो ।









प्रतिक्रिया दिनुहोस्