Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सुनचाँदी दुवैको मूल्यमा गिरावट


0
Shares

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला एक हजार ९०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन सोमबार भने सुन दुई लाख ६९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँको कमी आएको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला तीन हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।

Skip This