Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


२९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ


0
Shares

मोरङ । मोरङको रंगेलीबाट लागूऔषध खैरो हेरोइनसहित एकै परिवारका तीन भारतीय नागरिक पक्राउ परेका छन्।

रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्लाका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया पत्नी सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन्।

जाँचका क्रममा सकुन्तलाले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This