फ्रान्सद्वारा बुल्गेरिया पराजित, स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी • Image Khabar Image Khabar


फ्रान्सद्वारा बुल्गेरिया पराजित, स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी


Imagekhabar
२२ आश्विन २०७४, आईतवार ०७:०६

फ्रान्सद्वारा बुल्गेरिया पराजित, स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी

समुह ए को खेलमा बुल्गेरियालाई १-० ले हराउँदै फ्रान्सले अर्को वर्ष रुसमा हुने विश्वकपमा सोझै छनौट हुने संभावना बलियो पारेको छ ।

यो समुहमा एक खेल बाँकी छँदा फ्रान्सको २० अंक छ भने दोस्रो स्थानको स्विडेनको १९ अंक छ । अन्तिम खेलमा फ्रान्सले बेलारुससँग तथा स्विडेनले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

रातीका खेलहरुमा स्विडेनले लक्जेम्बर्गलाई ८-० ले हराँउदा नेदरल्याण्ड्सले बेलारुसलाई ३-० ले पराजित गर्‍यो ।

विश्वकप छनौट अन्तर्गत समुह बी का खेलहरुमा शिर्ष स्थानको स्विट्जरल्याण्डले हंगेरीलाई ५-२ ले हराउँदा पोर्चुगलले एण्डोरालाई २-० ले पराजित गर्‍यो ।

यसैगरी समुह एच को खेलमा विश्वकपमा छनौट भईसकेको बेल्जियमले बोस्नियालाई ४-३ ले पराजित गर्दा ग्रिसले साईप्रसलाई २-१ ले तथा ईस्टोनियाले जिब्रल्टारलाई ६-० ले हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्