२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जाम्बियालाई हराउँदै नाईजेरिया विश्वकपका लागि छानियो


0
Shares

अफ्रिकी समुहअन्तर्गत शनिबार राती भएको खेलमा नाईजेरियाले जाम्बियालाई १-० ले हरायो ।

खेलमा नाईजेरियालाई विजयी गराउन इङ्गलिस क्लव आर्सनलका खेलाडी अलेक्स ईओबीले निार्णयक गोल गरे ।

जितसँगै नाईजेरिया अफिकी समुह बी मा एक खेल बाँकी छँदै विश्वकपमा छनोट भयो ।

यही समुहको अर्को खेलमा क्यामरुनले अल्जेरियालाई २-० ले हरायो ।

अघिल्लो विश्वकपको दोस्रो चरणमा पुग्न सफल यी दुबै राष्ट्र यसपटकको विश्वकप छनोट चरणबाट बाहिरिसकेका छन् ।