२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राखेपले आफ्नै नाममा च्याम्पियनसिप गर्दै, करिब २५०० खेलाडीको सहभागिता रहने


0
Shares

राखेप च्याम्पियनसिप सन्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका राखेपका सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले च्याम्पियनसिप आगामी कात्तिक १५ गतेदेखि आयोजना गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जानकारी दिए ।

‘राखेप च्याम्पियनसिप’को नाममा च्याम्पियनसिप सन्चालन गरिनेछ ।

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औं दक्षिण एसियाली खेलकुद (साग) र इन्डोनेसियाको जकार्तामा हुने १८औं एसियाली खेलकुदलाई मध्यनजर गरी च्याम्पियनसिपमा विभिन्न २७ खेल समावेश गरिने भएको छ ।

गल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, खो खो, बक्सिङ, स्क्वास, उसु, टेबलटेनिस, ह्यान्डबल, फुटबल, भलिबल, कराँते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की र फेन्सिङ खेलको प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलका सम्बन्धित राष्ट्रिय संघलाई राखेपले प्रतियोगिता सन्चालन गर्न बजेट उपलब्ध गराउनेछ ।

बैठकले मयुरलाई ‘मस्कट’कारुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

करिब २५०० खेलाडीको सहभागिता रहने सो प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोटसमेत गरिने जनाइएको छ ।