Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


नेपाली यु–१९ क्रिकेट टोली मलेसियातर्फ

मलेसियामा शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित नेपाली टोली त्यसतर्फ जान लागेको हो । यसपटक १९ वर्ष मुनिको नेपाली राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन् । उमेर समूहको यो टोलीमा सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसालले पहिलो पटक स्थान बनाएका छन् । नेपाली टोलीको प्रशिक्षण बिनोद दासले सम्हालेका छन्…