मंगलबार राति आफ्नै मैदानमा भएको समुह चरणको पहिलो खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा इभाँ राकिटिचले एक गोल गरे । च्याम्पियन्स लिगअन्तर्गत समुह डि कै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले ग्रीसको ओलम्पियाकोसलाई ३-२ ले पराजित गर्यो । उता समुह ए को खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको एफ.सी. बाजललाई ३-० ले हरायो ।…