
नयाँ फिफा वरीयतामा नेपाल एक स्थान तल झरी १७६औं स्थानमा पुगेपछि भारत दुई स्थानमाथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा पुगेको छ ।
भारत १०५औं तथा अफगानिस्तान १५४औं स्थानमा छन् ।
त्यसैगरी, दुई स्थान गुमाएको माल्दिभ्स १५६औं तथा भुटान १६ स्थान तल झर्दै १९०औं स्थानमा पुगेका छन् । बंगलादेश १९६, श्रीलंका १९८ तथा पाकिस्तान २०१औं स्थानमा छन् ।
विश्व वरीयतामा जर्मनी शीर्ष स्थानमा यथावत् छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् । रासस
प्रतिक्रिया दिनुहोस्