इङ्लिस प्रिमियर लिगमा आज सात खेल, यस्तो छ खेल तालिका • Image Khabar Image Khabar


इङ्लिस प्रिमियर लिगमा आज सात खेल, यस्तो छ खेल तालिका


Imagekhabar
२८ आश्विन २०७४, शनिबार ०८:४५

इङ्लिस प्रिमियर लिगमा आज सात खेल, यस्तो छ खेल तालिका

पहिलो खेलमा नेपाली समयअनुसार साँझ सवा ५ बजे लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै छन् । त्यसैगरी साँझ पौने ८ बजे पाँच वटा खेल हुँदै छन् ।

बर्नले र वेस्टह्याम युनाइटेड, क्रिस्टल प्यालेस र चेल्सी, म्यानचेस्टर सिटी र स्टोक सिटी, स्वान्सी र हडर्सफिल्ड तथा टोटनह्याम र वर्नमाउथ भिड्दै छन् ।

आजै राति सवा १० बजे वार्टफोर्ड र आर्सनलबीच पनि प्रतिस्पर्धा हुँदै छ ।

सातौं चरणका खेलसम्म म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड समान १९ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा रहेको टोटनह्यामको १४ अंक छ भने चौथो र पाँचौं स्थानमा रहेको चेल्सी र आर्सनलको समान १३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्