
हङकङमा आजको मौसम प्रतिकूल रहेकाले खेल स्थगित गरिएको हो । यो खेल भोलि खेलाईने भएको छ ।
प्रतियोगिताको शीर्ष चारमा परेर विश्वकप छनोटमा पुग्ने सम्भावना जिवित राख्न नेपालले हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।
गत शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोली हङकङले ८३ रनले हराएको थियो ।
आइतबार हुने दोस्रो खेलमा पनि पराजित भएको खण्डमा प्रतियोगितामा दुई खेल बाँकी छँदै नेपाल आईसीसी डिभिजन टु मा झर्नेछ । नेपालले हङकङपछि युएईसंग दुई खेल खेल्न बाँकी छ ।
विश्वकप छनोटमा ठाउँ बनाउन नेपालले युएईलाई हराएर मात्र पनि पुग्ने छैन । समूहका अन्य टोलीहरु हङकङ र केन्या आफ्ना बाँकी खेलमा पनि पराजित हुनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्