नदाल र रोजर फेडेरर सांघाई टेनिसको सेमिफाइनलमा • Image Khabar Image Khabar


नदाल र रोजर फेडेरर सांघाई टेनिसको सेमिफाइनलमा


Imagekhabar
२८ आश्विन २०७४, शनिबार ०७:४८

नदाल र रोजर फेडेरर सांघाई टेनिसको सेमिफाइनलमा

विश्व नम्बर एक स्पेनिस खेलाडी नदालले ग्रिगोर दिमित्रोभलाई ६–४, ६–७ र ६–४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् ।

उनले अब फाइनलमा प्रवेशका लागि चौथो बरियताका मारिन सिलिकसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो बरियताका स्वीस रोजर फेडेररले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।

फेडेररले सेमिफाइनलमा अर्जेन्टिनी आन मार्टिन डेल पोत्रोसँग प्रतिस्पर्धा गर्ने छन् ।

डेल पोत्रोले नाडीको चोटका बाबजुद भिक्टर ट्रोइक्कीलाई ४–६, ६–१ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएका हुन् ।

फेडेररले अन्तिम चारमा स्थान बनाउनका लागि रिकार्ड गास्क्वेटलाई ७–५ र ६–४ को सोझो सेटमा हराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्