
यो खेल नेपालका लागि विश्वकप छनोट खेल्ने झिनो आशा कायमै राख्न जित्नैपर्ने दबाब छ ।
नेपालले हङकङपछि युएईसँग दुईओटा खेल खेल्न बाँकी छ । नेपालले विश्वकप छनोटमा ठाउँ बनाउन युएईलाई हराएरमात्र पनि पुग्ने छैन, हङकङ र केन्या आफ्ना बाँकी खेलमा पनि पराजित हुनुपर्नेछ ।
हङकङविरुद्धको दोस्रो खेलमा पराजय व्यहोरे नेपाल दुई खेल खेल्न बाँकी छँदै डिभिजन ‘टु’मा झर्नेछ ।
यसअघि, शुक्रबार भएको हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्