हङकङविरुद्ध भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ • Image Khabar Image Khabar


हङकङविरुद्ध भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


Imagekhabar
२३ आश्विन २०७४, सोमबार १७:५६

हङकङविरुद्ध भिड्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुको बिदाइ गरे ।

नेपालले आगामी असोज २७ र २९ गते हङकङसँग उसैको भूमिमा दुईओटा एक दिवसीय खेल खेल्नेछ ।

विश्व क्रिकेट लिगको अंकतालिकामा ८ अंकका साथ नेपाल छैटौं स्थानमा छ भने ११ अंक जोडेको हङकङ पाँचौ स्थानमा छ ।

प्रतियोगिताको शीर्ष चार स्थानभित्र अटाउने टोलीले आगामी वर्ष बंगलादेशमा हुने एक दिवसीय विश्वकप क्रिकेट छनोटमा स्थान बनाउनुका साथै चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछन् ।

अंकतालिकाको शीर्ष चारमा अटाउन नेपाललाई हङकङ र युएईसँग हुने बाँकी चारओटै खेल जित्नैपर्ने दबाब छ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली मंगलबार हङकङ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्