
मंगलबार ताजिकिस्तानमा भएको खेलमा घरेलु टोलीले तीनओटै गोल पेनाल्टीमार्फत् गरेको हो ।
ताजिकिस्तानले २०, ६० र ८७औं मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो ।
यो हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना पनि लगभग सकिएको छ ।
यसअघि, गत भदौ २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो ।
समूह ‘एफ’मा रहेको नेपाल चार खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा छ ।
नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग उसैको मैदानमा खेल्न पनि बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्