१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


थ्रीस्टारलाई दिने क्षतिपूर्ति सामान्य बहुमतले पारित


0
Shares

सोमबार राजधानीमा भएको एन्फाको विशेष साधारणसभाले एसियाली फुटबल महासंघ (एएफसी)को निर्देशनअनुसार २० धारामा ३८ ओटा संशोधन दुई तिहाइ बहुमतले पारित गरेको हो ।

साधारणसभाले महिला समिति यथावत् राखेको छ भने डेलिगेट्सको संख्या ३ लाई नै यथावत् राखेको छ ।

साधारणसभाले आगामी पुस २३ गते एन्फा कार्यसमितिको निर्वाचनपछि संघीय संरचनामा जाने निर्णयसमेत गरेको छ ।

साधारणसभामा ‘ए’ डिभिजन क्लब थ्रीस्टारलाई दिने क्षतिपूर्ति सामान्य बहुमतले पारित भएको एन्फा प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले थ्रीस्टारलाई डेढ करोड रुपैयाँ दिने निर्णय गरेको हो ।