१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


मापसे गरी सवारी चलाएका फुटबलर रुनीले जरिवानास्वरुप थाले सामाजिक काम


0
Shares

मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई जरिवानास्वरुप एक सय घण्टा सामाजिक काममा परिचालन गरिएको हो ।

इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रुनीले सवारी चालकका लागि निर्धारित मापदण्डभन्दा तीन गुणा बढी मदिरा सेवन गरेर सवारी चलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

आफ्नो घरबाट करिब तीन माइलको दुरीमा रहेको एउटा पार्कको बेञ्च रङरोगनको काममा उनी खटिएको बताइएको छ ।

रुनी हाल व्यावसायिक फुटबल क्लव इभर्टनबाट खेल्दै आएका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् ।  (एजेन्सी)