
शनिबार घोषित १४ जनाको टोलीमा अनिश श्रेष्ठ र सुमितकुमार आले गोलकिपरमा छानिएका छन् ।
त्यस्तै, डिफेन्डरमा सौरभ रखालमगर, राज शाही र अमित तामाङ रहेका छन् । मिडफिल्डरमा अरुज सिंह, नविन लामा, विनोद गुरुङ, मणिकुमार राना र अभय राना रहेका छन् ।
त्यसैगरी, फरवार्डमा सुसान श्रेष्ठ, सन्जोग महर्जन, निर्मल गुरुङ र सुरज राउत छानिएका छन् ।
राकेश श्रेष्ठ मुख्य प्रशिक्षक रहेको नेपाली टिम असोज २६ गते इरान जाने प्रतियोगिताका ‘हेड अफ डेलिगेट्स’ तथा एन्फाका फुटसल संयोजक रमेश रायमाझीले जानकारी दिए ।
नेपालले आगामी असोज २९ गते उज्वेकिस्तानसँग, ३० गते कीर्गिस्तानसँग तथा ३१ गते तुर्कमेनिस्तानसँग खेल्नेछ ।
समूहको शीर्ष दुईमा रहने टिम अर्को चरणमा छानिनेछन् ।
प्रतिक्रिया दिनुहोस्