काठमाडौं, फागुन १० । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ । स्पेनमा गएराति भएको प्रि क्वाटरफानइनल पहिलो लेगको खेलमा सेभियाले म्यान्चेस्टर युनाईटेडलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा दुवै टोलीले बनाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो । गएराति भएको अर्को खेलमा युक्रेनको शख्तरले ईटालीको एएस…