काठमाडौं, जेठ ३० । सन् २०२६ को विश्वकप फुटबलको आयोजना उत्तर अमेरिकाले गर्ने भएको छ । सो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरुपमा गर्ने भएका हुन् । रुसको मस्कोमा बुधबार बसेको फिफाको ६८औं कंग्रेसमा भएको मतदानमा तीन राष्ट्रले १३४ मत ल्याउँदा मोरक्कोले ६५ मतमात्र ल्याएको थियो । मेक्सिकोले सन् १९८६ मा विश्वकप आयोजना गरिसकेको छ…