
अपडेट:
काठमाडौं, साउन १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले इतिहासमै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ ।
नेदरल्यान्ड्स र नेपाली टोलीबीच नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा ऐतिहासिक एकदिवसीय खेल चलिरहेको छ ।
खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ । टस हारेको नेपाल बलिङमा उत्रेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले बुधबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेको हो ।
नेदरल्यान्ड्सविरुद्ध बुधबार र शुक्रबार दुईओटा खेलको शृंखला खेल्दै नेपालले ऐतिहासिक फड्को मार्न लागेको हो ।
नेपालले गत चैत १ गते एकदिवसीय मान्यता पाएको थियो । जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत् छनोट प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो ।
नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एकदिवसीय मान्यता पाएको हो ।
प्रतिक्रिया दिनुहोस्