२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


एमसीसीविरुद्ध नेपालको जित


0
Shares

लन्डन, साउन १३ । मेरेलिबोन क्रिकेट क्लव (एमसीसी) विरुद्ध नेपालले शानदार प्रदर्शन गरेको छ ।

इङ्ल्याण्डको लर्डस् मैदानमा आइतबार भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । २० ओभरको खेल हुनुपर्ने भए पनि वर्षाले ६ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ४ विकेटको क्षतिमा ४० रनमात्र बनाउन सक्यो ।

कप्तान माहेला जयबर्धनेले १६ बलमा अविजित २४ रन बनाएबाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् ।

सोमपाल कामीले ८ रन खर्चेर २ विकेट लिँदा शक्ति गौचनले १ विकेट झारे । एक खेलाडी रनआउट भए ।

जवाफमा नेपालले ४ ओभर ४ बलमै १ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गरेको हो । सुवास खकुरेलले १५ बलमा अविजित रहँदै १६ तथा ज्ञानेन्द्र मल्लले ४ बलमा अविजित रहँदै १२ रन बनाए ।

अनिलकुमार शाह ९ रनमा आउट भए ।

यसअघि भएको एमसीसी र नेदरल्याण्ड्सबीचको पहिलो खेलमा एमसीसी १० रनले पराजित भएको थियो ।

७३ रनको चुनौती पछ्याएको एमसीसीले २ विकेटको क्षतिमा ६२ रनमात्र बनाउन सक्यो । 

त्रिकोणात्मक श्रृंखला खेलेपछि नेपाली टोली नेदरल्याण्ड्स जानेछ । त्यहाँ नेपालले नेदरल्याण्ड्ससँग आगामी बुधबार र शुक्रबार एक दिवसीय खेल खेल्नेछ ।

नेपालले एक दिवसीय शृङ्खला खेल्न लागेको यो पहिलो अवसर हो ।