२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


बिमल घर्तीसहित पाँच फुटबल खेलाडीमाथि मापसेको आरोप, स्पष्टीकरण मागियो


0
Shares

काठमाडौं, साउन १४ । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकलाई मापसे गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई ७२ घन्टाभित्र लिखित स्पष्टीकरण दिन सोमबार निर्देशन दिएको हो ।

पाँच खेलाडीहरु बिमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापामगर र छिरिङ शेर्पा तथा व्यवस्थापक बाबुकाजी बस्नेतसँग लिइएको मौखिक जवाफ चित्त नबुझेकाले ७२ घन्टाभित्र लिखित जवाफ दिन निर्देशन दिइएको एन्फाका प्रवक्ता किरण राईले बताए ।

उनले लिखित जवाफ पनि चित्त नबुझे के कारबाही गर्ने ? भन्नेबारे छलफल हुने बताए ।

खेलाडीहरुले गत शुक्रबार राति डिस्को गएर मादकपदार्थ सेवन गरी होहल्ला गरेको सूचना सार्वजनिक भएपछि एन्फाले स्पष्टीकरण लिएको हो ।

एन्फाले होस्टल वार्डेन टक्कर थापालाई पनि तीन दिनको समय दिएको छ । एन्फाले सेक्युरिटी कम्पनीलाई भने सात दिनको समय दिएको छ ।

लामो समयदेखि लिग नहुँदा पुरानै खेलाडीले चलाउनुपर्ने अवस्था रहेको नेपाली फुटबलमा अनुशासनको कमीले गर्दा शाख थप गिर्दै गएको छ ।