अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पूर्वराष्ट्रिय खेलाडी एवं पूर्वएआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित लिग समितिले चरणबद्धरुपमा क्लबहरुसँग गरेको छलफलपछि असोज १३ गतेदेखि रोकिएको लिग सुरु गर्ने निर्णय गरेको हो । माघ १६ गतेसम्म हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउनेछन् । सो समितिले हरेक क्लबमा बढीमा ३५ र कम्तीमा १८ खेलाडी दर्ता हुनसक्ने जनाएको…